सार्वजनिक यातायात महासंघले आन्दोलन गर्ने

| 2022 Dec 28 | 10:28 am 1573

काठमाडौं, पुस १३ः आन्दोलनको तयारीमा रहेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल नव गठित सरकार र सरोकार निकायलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

मर्यादित, व्यवस्थित, अनुशासीत, सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता, सरकार यात्रु, उपभोक्ता मजदुर र व्यसायी बिच ऐक्यबद्धता भन्ने मुल नाराका साथ सम्पन्न छैठौं कार्य सम्पादनको बैठकले ऐन नियमलाई भर्याङ बनाएर ट्राफिक प्रहरीद्वारा अधिकतम जरिवाना गर्ने र सवारी अनुमतिपत्रको खारेजीको बिरुद्ध सरोकार निकायको ध्यानाकर्षण गराउने निर्णय भएको कुरा महासंघका अध्यक्ष डोलनाथ खनालले बताए ।

No description available.

यातायात क्षेत्रको कहाली लाग्दो स्थितिलाई समाधानका साथै व्यवसायलाई मर्यादित बनाउने लगायत एघार बुँदामा छलफल भएको बताइएको छ । महासंघद्वारा नम्रताका साथ राखिएको कुरालाई कमजोरी सम्झेर पूरा नगरीए कडा आन्दोलन गर्ने पनि निर्णय भएको बताइन्छ ।

बैठकमा नव मनोनित पदाधिकारीलाई स्वागत गरिएको थियो । महासंघको उपध्यक्षमा भिमबहादुर बस्नेत, उपमहासचिव जीवन बन्जाडे, सचिव पंकज मल्ल, सदस्य आनन्द ताम्राकार र टंक गिरीलाई मनोनित गरिएको थियो । मनोनित पदाधिकारीलाई महासंघका कानूनी सल्लाहकार अधिवक्ता छविलाल घिमिरेले सपथ गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.