लुकाइछिपाइ राखेकाे अवैध गाेलिया काठ बरामद

| 2022 Dec 24 | 05:08 pm 1437

बर्दिया, पुस ९ः प्रहरी चौकी ताराताल बर्दियाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा अवैध रूपमा लुकाइछिपाइ राखेकाे गाेलिया काठ बरामद गरेकाे छ ।

बर्दिया मधुबन नगरपालिका -०७ साईबाबा टोल स्थित खाली जमिनमा परालले छोपी लुकाई छिपाई राखेको अबस्थामा ८०.७२ क्युफिट (९ वटा गोलिया) साल जातको काठ बरामद गरी आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय सानोश्री बर्दियामा बुझाएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.