भरूवा बन्दुक सहित एक पक्राउ तथा विभिन्न हातहतियार बरामद

रिपोर्ट नेपाल | 2022 Dec 23 | 05:04 pm 1009

काठमाडौं, पुस ८ः नुवाकोट, म्यागाङ गाउँपालिका-४ किम्ताङ बस्ने २० वर्षीय ईमान तामाङलाई १ थान  भरुवा बन्दुक सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त बन्दुक लोड गरी जंगलमा सिकार गर्न हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किम्ताङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

काठमाडौं,  तारकेश्वर नगरपालिका-४ लोलाङ्ग हरियाली बस्ती बस्ने एक व्यक्तिको घरको कोठाबाट  चाइनिज पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र गोली १३ राउण्ड बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । उक्त कोठामा एकिन नाम, थर, वतन नखुलेको सचिन भैंया भन्ने ब्यक्ति भाडामा बस्दै आएकोमा उनी सम्पर्कमा नआएपछि उक्त कोठा तलासी गर्दा बक्स पलङ्गभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.