सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने कुर्मी पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 23 | 04:56 pm 1297

काठमाडौं: सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। रुपन्देहीको सिद्धार्थनगरपालिका-११का विश्वनाथ कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी रोजगारीका क्रममा दुबई गएको र त्यहाँ सामाजिक सञ्जालबाट महिलासँग अश्लिल संवाद गरी त्यसको रेकर्ड गरी महिलाका साथीलाई पठाउने गरेका थिए।

उनले लामो समयदेखि यस्तो काम गरिरहेको र पीडित महिलाको उजुरीका आधारमा दुबईबाट नेपाल फर्कनेक्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ।

पक्राउ परेका कुर्मीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.