मर्यादामा गम्भिर हुन राष्ट्रपतिको आग्रह

रिपोर्ट नेपाल | 2022 Dec 23 | 04:37 pm 1885

सुर्खेत, पुस ८ः नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको वीरेन्द्रनगर सुर्खेतमा आयोजित उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारीताको मर्यादामाथी गम्भिर हुन आग्रह गरेकी छन्। पत्रकारीतालाई स्वच्छ, निश्पक्ष, मर्यादीत र विश्वसनीयता बनाउन पत्रकारहरुले चिन्तन हुन आग्रह गरिन।

राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान रहेको बताउँदै मुलुकको प्रणालीले राम्रोसंग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने बताईन्। राज्यले सबैलाई समान अवसर देओस भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रीत हुन राष्ट्रपति भण्डारीले आग्रह गरिन। ‘जनताको अपेक्षा पूरा नहुँदा  राज्यप्रति असन्तुष्टी प्रस्तुत भैरहेको छ।’ राष्ट्रपति भण्डारीले भनिन, ‘हामीले जिम्मेवार बन्नुपर्ने छ। शासनशैली सुधार गर्नु छ। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ।’

साधारण सभाबाटै महासंघको आगामी भावी कार्ययोजना निर्माण समेत गरिने छ। सभाको बन्दसर्तमा सांगठनिक नीतिगत प्रतिवेदन,कोषाध्यक्षले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजकको प्रतिवदेनमाथी वृहत छलपल हुने छ। महासंघको १ हजार ३ सय १६ साधारण सदस्य रहेका छन्। साधारण सभामा ७७ जिल्ला, ३९ प्रतिष्ठान शाखा, १२ एशोसियट शाखा, १० बैदेशिक शाखा र २ आवासीय शाखा (नेजा र एन्जा) का पदाधिकारी सदस्य गरी ७ सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागी सुर्खेतमा भएको छ। साभार नागरिक

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.