१० वर्षमा हात्तीको आक्रमणबाट ५६ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 22 | 07:45 am 1413

झापा, पुस ७ः झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा १६ वटा हात्तीसमेत मरेका छन् ।

जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट उनीहरूको मत्यु भएको हो ।

जंगलमा निगुरो टिप्ने, घाँस, दाउरा र कतिपयको रातको समय हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालय प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मंगलबार मात्र बाख्रालाई घाँस काट्न जंगल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

उनी छिमेकी गाउँपालिका कचनकवल–१ मा रहेको पश्चिम देउराली सामुदायिक वनमा बाख्रालाई घाँस काट्न गएका थिए । घाँस लिएर घर फर्कने क्रममा भुजेललाई मंगलबार अपराह्न ३ बजे हात्तीले कुल्चेर मारेको प्रमुख पाठकले भनाइ छ । सोही वडाका ८० वर्षीय देवीबहादुर अधिकारीको गत १५ भदौमा हात्तीले नै कुल्चेर मृत्यु भएको थियो । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.