धोबीखोला करिडाेर क्षेत्रका अवैध संरचना महानगरले भत्कायाे

रिपोर्ट नेपाल | 2022 Dec 21 | 04:30 pm 1885

काठमाडौं, पुस ६ः काठमाडौं महानगरले बुधबार धाेबीखाेला किरडाेरका अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो ।

सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजरमा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै डोजर समेत महानगरले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.