गठबन्धन भत्काएर प्रम नबन्ने प्रचण्डको भनाई

| 2022 Dec 19 | 03:40 pm 1057

काठमाडौं, पुस ४ः राष्ट्रपति विद्यादेवी भण्डारीले १० गते भित्र सरकार गठन गर्न आब्हान गरेपछि सरकारको नेतृत्व कसले गर्ने भनेर चर्चा परिचर्चा भएको विषयलाई नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शिथिल पारिदिएका छन् ।

गठबन्धन दललाई विभाजन गराउने तुषका साथ चलाइएका सबै हल्लालाई अध्यक्ष प्रचण्डले प्रस्ट्याई दिएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारको प्रश्नको उत्तर दिँदै अध्यक्ष प्रचण्डले आफूले गठबन्धनलाई भाँजो हालेर प्रधानमन्त्री बन्न नखोजेको बताएका छन् ।

अध्यक्ष प्रचण्डलाई राखिएको एक जिज्ञासामा आफू देश र जनताका लागि त्याग गर्दै आएको बताए ।

संविधान बनाउन, निर्वाचन सम्पन्न गर्न र मुलुकलाई शान्ति प्रकृयामा अवतरण गराउन आफूले खेलेको भूमिका स्मरण गर्न संचारकर्मीलाई आग्रह गरे ।

प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भएको हो तर आफू सहमति र समझदारी भन्दा बाहिर जान नसक्ने प्रचण्डको कथन थियो ।

ग्र्रैह्र राजनीतिक व्यक्ति राष्ट्रपतिमा लैजाने विषयमा सोधिएको अर्को जिज्ञासामा त्यो सम्भावना नरहेको कुरा पनि अध्यक्ष प्रचण्डले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.