बर्दिया, पुस ३ः लेनदेन मुद्दामा २ वर्ष कैद सजाय तोकिएको फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका-१२ बस्ने मोहम्मद सरिफ खाँ रहेका छन् ।
उनलाई सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७९/०७/१८ गतेको फैसला आदेशले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय तोकेकाे थियाे ।
साेही क्रममा प्रहरी टोलीले मिति २०७९/०९/०१ गते बेलुकी लुकिछीपी बसेको अवस्थामा उनको घरबाटै पक्राउ गरी आवश्यक कारबाहीको लागी मिति २०७९/०९/०३ गते सम्मानित बर्दिया जिल्ला अदालत गुलरिया बर्दियामा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय बर्दियामा पठाईएको प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बाेहाेराले बताए ।