पाँचथर, पुस १ः तमोर नदीमा सञ्चालित -याफ्टिङ सेवा सूचारु भएको छ । बाढी–पहिरो जस्ता प्रकोपले सिर्जना गर्ने असुरक्षाका कारण वर्षायाममा स्थगित गरिएको -याफ्टिङ सेवा १५ मंसिरबाट सूचारु गरिएको हो ।
फिदिमस्थित तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रा.लि.ले तमोर नदीमा जलक्रिडामा रमाउन चाहनेहरुका लागि शप्तकोशीको सहायक नदी तमोरमा -याफ्टिङ सेवा उपलब्ध गराउदै आएको छ । तमोर नदीस्थित पाँचथरको हिलिहाङ गाउँपालिकाको पिनासी घाटदेखि सुनसरी चतरासम्म -याफ्टिङ सेवा उपलब्ध गराइदै आएको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रा.लि.का दिपेन्द्र तुम्बापोले बताए ।
त्यस्तै छोंटो दूरीमा -याफ्टिङ सेवा लिन चाहनेहरुका लागि पिनासी घाट–माझिटार र माझिटार–साँवासेरासम्मको लागि पनि सेवा उपलब्ध गराइदै आएको छ । उक्त रुटमा -याफ्टिङ गर्न चार हजारदेखि दश हजार रुपैंयाँसम्म सेवा शुल्क लिने गरिएको तमोर भ्याली ट्राभल टुर एण्ड ट्रेकिङ प्रा.लि.का दिपेन्द्रले बताए ।
हिउँदे -याफ्टिङ सुरु भएसँगै तमोरमा -याफ्टिङमा रमाउनेहरुको चहलपहल सुरु भएको -याफ्टिङ सेवा प्रबद्र्धनको कार्य गर्दै आएको फिदिम–४, माझिटारस्थित तमोर रिसोर्टका सञ्चालक वरुण तुम्बापोले बताए । उनका अनुसार तमोरमा -याफ्टिङ गर्न पाँचथरसँगै झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र ताप्लेजुङ लगायतका जिल्लाका मानिस आउने गरेका छन् । बिशेष गरी युवा–युवती -याफ्टिङ गर्न आउने गरेका छन् ।
-याफ्टिङका लागि आठ–आठ जना अँट्ने दुई वटा नाउ सञ्चालनमा ल्याइएका छन् । अनुभवि गाइड मार्फत् -याफ्टिङ सेवा उपलब्ध गराउँदै आएको सञ्चालक बताउछन् । अध्ययनको क्रममा आकर्षक र सुरक्षित देखिएपछि तमोरमा -याफ्टिङका लागि सरकारी अनुमति प्राप्त भएपछि काठमाण्डौंको रिभर एडभेञ्जर ट्रेल्स र इन्ट्रन -याफ्टिङ नेपालसँगको सहकार्यमा तमोर भ्यालीले -याफ्टिङ सेवा सुरु गरेको हो ।
तमोर नदीमा जल पर्यटन प्रबद्र्धनका लागि सुरु गरिएको -याफ्टिङ सेवालाई सरकारी क्षेत्रबाट उचित सहयोग भने नभएको व्यवसायीको गुनासो छ । कतिपय अवस्थामा घाटा सहेर पनि सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनीहरुको दुखेसो छ ।