श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

रिपोर्ट नेपाल | 2022 Dec 15 | 08:54 am 2105

तनहुँ, मंसिर २९ः श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु भएकाे छ । मृत्यु हुनेमा कास्की पोखरा
महानगरपालिका वडा नं. ३० सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ४ प्रगती टोल स्थितमा डेरा गरी बस्ने बर्ष ४० को मन बहादुर
नेपाली रहेका छन् ।

उनलाई श्रीमती बर्ष ३६ कि शुशिला बि.क.ले मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमानको टाउको  तथा अन्य भागमा प्रहार गरी गम्भिर घाईते बनाएकोमा उनको उपचारको क्रममा जि.पि. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको हाे । घटनामा संलग्न उनकी श्रीमती शुशिला बि.क. लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.