कालोपत्रे नगरिएको भन्दै थली-साँखु सडकखण्ड बन्द

| 2022 Dec 09 | 03:06 pm 1765

काठमाडौँ, मंसिर २३ः नगर पिच नगरिएको भन्दै काठमाडौँको थलीवासीले सडकमा उत्रिएका छन् । उनीहरूले आज बिहानैदेखि थली–साँखु सडकखण्ड बन्द गराएका छन् ।आज ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ।

थली–साँखु सडकको थली बजारमा २२ गतेदेखि सडक कालोपत्र गर्ने भनिए पनि काम सुरु नभएकाले सडक बन्द गरिएको जनाइएको छ ।यसअघि पनि थलीका व्यवसायी र स्थानीयले सडक बन्द गरेर कालोपत्र गर्न माग गर्दै आएका छन् । तर, उनीहरूको माग अझैसम्म पूरा भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.