राष्ट्रपति भण्डारी र सीके राउतबीच भेटवार्ता

रिपोर्ट नेपाल | 2022 Dec 06 | 06:27 pm 1197

काठमाडाैं, मंसिर २०ः जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताएका छन् । केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.