काठमाडौं, मंसिर १९ः प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरस्थित बाँडेगाउँमा रहेको नेपाली कांग्रेसका संस्थापक एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गरेका छन् ।
भट्टराई आश्रम बाँडेगाउँमा सोमबार आयोजित भागवत् महापुराण यज्ञमा पुगेका देउवाले भट्टराईको सालिकमा माल्यार्पण गरेका हुन् ।
प्रधानमन्त्री देउवाले भट्टराई आश्रमको अवस्थाका बारेमा पनि जानकारी लिएका थिए । कृष्णप्रसाद भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा श्रीमद्भागवत महापुराण आयोजना गरिएको हो ।