जबरजस्ती करणी गरेको अभियोगमा बुढा पक्राउ

रिपोर्ट नेपाल | 2022 Dec 04 | 02:52 pm 1113

काठमाडाैं, मंसिर १८ः  जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.