स्याङ्जा क्षेत्र नं २ बाट कांग्रेस उपसभापति धनराज गुरुङ विजयी

रिपोर्ट नेपाल | 2022 Dec 03 | 09:53 pm 2121

स्याङ्जा, मङ्सिर १७ः नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् ।

नेता गुरुङले ५ हजार ६२७ मतान्तरसहित विजयी हभएको जानकारी निर्वाचन अधिकृत रामचन्द्र शर्मालेले दिए। अन्तिम नतिजा अनुसार कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत  प्राप्त गरेका छन् ।

उनका निकतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार पदमा अर्यालले २५ हजार ८२९ मत ल्याएकी छन् । उनी पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट यसअघि निर्वाचित भएको थिइन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.