स्याङ्जा, मङ्सिर १५ः स्याङ्जा निर्वाचन क्षेत्र नं.२ मतगणना गए रातीबाट सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा (एमाले) की पदमा कुमारी अर्यालले अग्रता लिएकी छन् । अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाएका छन् । अर्याल ६०१ मतले अगाडि छिन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाएका छन् ।
यस्तै स्याङ्जा २ (क) मा पनि नेकपा (एमाले)का मोहन रेग्मी अगाडि छन् । रेग्मीले २४०९ मत पाएका छन् भने कांग्रेसका भोजराज अर्यालले १८३० मत पाएका छन् । प्रदेशमा एमालेका रेग्मी ५७९ मतले अगाडि छन् ।
अहिले सम्म गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट ५ गणना गरिएको छ ।
स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या कुमारी अर्याल र स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ ।
स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो । गाेरखापत्र दैनिकबाट