उदयपुर १ बाट डा नारायण खड्का निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 30 | 07:37 am 1793

उदयपुर, मंसिर १४ः परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्  । एमालेकी मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।

खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन्, भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् ।

खड्काले ०७४ मा पनि मन्जुलाई हराएका थिए । १ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.