इलाम, मङ्सिर १२ः इलाम –१ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)की नेतृ खिनु लङ्वा (लिम्बू) विजयी भएकी छन् ।
लङ्वाले नेकपा (एमाले)की शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजित गरेकी हुन् । लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरिन् ।
प्रत्यक्षको मतगणना हिजै सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले समानुपातिकको मतगणना सकेर आज मात्र अन्तिम परिणाम सार्वजनिक गरेको छ । यस क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो । अघिल्लो निर्वाचनमा समेत एमालेका तर्फबाट सोही क्षेत्रबाट विजयी बनेकी थिइन् ।