धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर ४ रेक्टरकाे भूकम्प

| 2022 Nov 28 | 01:41 pm 873

काठमाडौँ,   मङ्सिर  १२ः धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । त्याे भन्दा पहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.