रामेछापबाट काँग्रेसका कान्छाराम विजयी

रिपोर्ट नेपाल | 2022 Nov 27 | 07:32 am 1325

रामेछाप, मङ्सिर ११ः रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी भएका छन् । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरी उनी विजयी भएका हुन् ।

८८ हजार ६८० मतमा तामाङले ४७ हजार ९८ मत पाएका छन् भने ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित भएको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.