कपिलवस्तु–२ मा कांग्रेसका आचार्य विजयी

| 2022 Nov 26 | 05:28 pm 2489

कपिलवस्तु, मङ्सिर १०ः कपिलवस्तु–२ मा कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य ३१७ मतान्तरले विजयी भएका छन् । उनले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गर्दै विजयी भएका हुन् ।

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री समेत रहेका आचार्यले ३९ हजार १४ मत प्राप्त गरेका थिए ।  गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । अपराजित भई पाँच पटक निर्वाचित गुप्ता पहिलो पटक पराजित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.