उदयपुर, मंसिर ९ः उदयपुरको क्षेत्र नम्बर १ काे प्रदेश सभा ‘ख’मा लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हिमाल कार्की विजयी भएका छन् ।
कार्कीले उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार ईश्वरमणि राउतलाई २ सय १५ मतको अन्तरले पराजित गराएका हुन् ।
कार्कीले १४ हजार ९ सय ७९ मत प्राप्त गर्दा एमालेका राउतले १४ हजार ७ सय ६४ मत प्राप्त गरेका थिए ।
कार्की नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश १ का सडक पुर्वाधार तथा शहरीविकास मन्त्री समेत हुन् ।