गुल्मी, मङ्सिर ९ः गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा लाेकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस पूर्व केन्द्रीय सदस्य चन्द्र भण्डारी विजयी भएका छन् ।

उनले ३३ हजार ७ सय ४४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिषपर्धी नेकपा (एमाले) का केन्द्रीय उप महासिचव प्रदीप ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गरेका छन् ।
भण्डारीले ज्ञवालीलाई एक हजार ५ सय ९२ मतले पछाडि पार्दै विजयी भएका मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।