ललितपुर -३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी

| 2022 Nov 24 | 09:07 am 1233

ललितपुर, मंसिर ८: ललितपुर -३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्। उनले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन्।

उर्जा मन्त्री समेत रहेकी पम्फा भुसालले ८ हजार ७६७ मत ल्याएर तेस्रो स्थानमा बनाइन्। कार्कीका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार १६३ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा ललितपुर-३ बाटै पम्फाले जितेकी थिइन्। यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेपनि भुसालले हार व्यहोरेकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.