बागलुङ, मङ्सिर ७ः बागलुङ क्षेत्र नम्बर २ बाट (माओवादी केन्द्र)का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल विजयी भएका छन्। पौडेलले २४ हजार ७७९ मत प्राप्त गरेका छन्।
नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्य विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छन्।