काठमाडौं–६ बाट स्वतन्त्र पार्टीका खनाल विजयी

| 2022 Nov 23 | 03:13 pm 1521

काठमाडौं, मंसिर ७ः काठमाडौं–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनी नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनाललाई फराकिलो मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले १४ हजार २०४ मत पाए भने एमाले उम्मेदवार खनालले आठ हजार ९११ मत पाए । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीमसेन दास प्रधानले आठ हजार ८०५, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले एक हजार ९८० र स्वतन्त्र उम्मेदवार सञ्जयमान श्रेष्ठले ५४६ मत पाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.