उदयपुर, मंसिर ७ः उदयपुरको निर्वाचन क्षेत्र नं २ काे (क) बाट नेपाल कम्युनिष्ट पार्टी माओवदी केन्द्रका उम्मेदवार नारायणवहादुर बुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवराज राईले आठ हजार ७० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत जिवनराम भण्डारीले जानकारी दिए ।
बुर्जा यसअघि २०७४ को निर्वाचनमा पनि सो क्षेत्रबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।