गुल्मी, मंसिर ७: गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । उनले २८ हजार ४८५ मत ल्याएर विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री २६ हजार ४४१ मत प्राप्त गरेकी हुन्। एमाले सचिव विष्टले २ हजार ४४ मतान्तरले पराजित गरेका हुन्।
यसअघि विष्टले ०५४, ०७० र ०७४ मा विजयी विजयी भएका थिए। विष्टको यो लगातार चौथोपटकको विजयी हो।