२९३ खेलाडीलाई पछि पार्दै म्याराथनको उपाधि नेपाली धाविका सुनमायालाई

रिपोर्ट नेपाल | 2018 Aug 09 | 03:20 pm 2489

काठमाडौँ, साउन २४ : चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् । बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् ।

सुनमायाले निर्धारित ५५ किलोमिटर दूरी पाँच घण्टा ४४ मिनेट ४९ सेकेण्ड लगाएर पार गर्दै प्रथम भएकी थिइन् भने सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाएर संयुक्त राज्य अमेरिकाकी मेरिडिथ इडवार्डस् दास्रो र सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाएर चीनकी च्याङपिङ फ्याङ तेस्रो भइन् । उक्त म्यारथन स्थानीय समयानुसार आज बिहान ०६ः३३ बजे शुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.