तम्घास, मङ्सिर ७ः गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्लाको सत्यवती गाउँपालिका वडा नं तीन ठुलोलुम्पेकदेखी कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरकाे जीप दुघृटना हुँदा ५१ वर्षीय झलक सोमै, ५५ का टीका राहादी, ४७ का रनबहादुर सिंजापति, २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यसकासाथै दुर्घटनामा ३३ का कार्बोलिन सोमै, ३२ वर्षीय चेतमा सिंजाली ४९ का गीरबहादुर सोमै र खण्डन सोमै घाइते भएका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी छ । गाेरखापत्र दैनिकबाट