झोलामा बोकी हिँडेको कस्तुरीको बिनासहित ४ पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 09 | 05:46 pm 2801

काठमाडौं,साउन २४: प्रतिबन्धीत बन्यजन्तु कस्तुरीको बिना अवैध रुपमा बिक्री वितरणको लागि बोकी हिँडेको अवस्थामा ४ जनालाई ३ थान बिनासहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे भुम्लु घर भई हाल काठमाडौं स्वयम्भू बस्ने २८ वर्षीय दिपक नेपाली, रामेछाप गोकुलगंगा घर भई हाल काठमाडौं सिनामंगल बस्ने १८ वर्षीय अर्पण सुनुवार, रामेछाप बेथान घर भएका १७ वर्षीय उज्वल पाण्डे र सल्यान कालागाउँ घर भई काठमाडौं चाहबिल बस्ने २२ वर्षीय जिबन बस्नेत रहेका छन् ।

उनीहरुमध्येका अर्पण सुनुवारले झोलाभित्र लुकाई छिपाई बोकी हिँडीरहेको अवस्थामा कस्तुरीको बिनासहित काठमाडौं महानगरपालिका २७ ज्याठाबाट महानगरीय प्रहरी बृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.