भक्तपुर १ काे (क) मा कांग्रेसका श्रेष्ठ विजयी

रिपोर्ट नेपाल | 2022 Nov 23 | 07:40 am 981

भक्तपुर, मङ्सिर ७ः भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । यही मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहेका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार ४२४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मोहनवीर श्रेष्ठलाई एक हजार २१२ मतान्तरले पछाडि पार्दै कांग्रेसका उम्मेदवार श्रेष्ठ विजयी भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।

एमालेका श्रेष्ठले आठ हजार २१२ र नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले आठ हजार २०१ र राप्रपाका राजु कुइँकेलले पाँच हजार ९४५ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.