म्याग्दी, मंसिर ६ः म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी भएका छन् ।
सम्पन्न मतगणना अनुसार जुग्जालीले ९ हजार ४५४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार यामबहादुर गर्बुजाले ९ हजार ३५३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।