रसुवा–१ को ‘क’ मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी

रिपोर्ट नेपाल | 2022 Nov 22 | 04:58 pm 1477

रसुवा, मंसिर ६ः रसुवा–१ को प्रदेश सभा ‘क’ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन् । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेका निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.