काठमाडौँ, मंसिर ६ः प्रदेशसभाको सदस्यको लागि भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ (क)मा लौरो चिन्ह लिएर चुनावमा उत्रिएका हाम्रो नेपाली पार्टीका उम्मेदवार शैलेन्द्र बज्राचार्य निर्वाचित भएका छन् । उनले पाँचहजार ४६२ मत ल्याएका छन् । निर्वाचन कार्यालयद्वारा उनी औपचारिक रुपमा विजयी हुन बाँकी रहेकाे छ ।
यस्तै, नेपाली काँग्रेसका उम्मेदवारले तीनहजार ६७०, सूर्य चिन्हका नेकपा (एमाले)का उम्मेदवारले तीनहजार ८१० र हलो चिन्ह भएको राप्रपाका उम्मेदवारले दुईहजार ९५५ मत प्राप्त गरेका छन् ।