काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगनकुमार थापा विजयी

रिपोर्ट नेपाल | 2022 Nov 22 | 11:54 am 985

कठमाडौं, मङ्सिर ६ः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नं. ४ बाट अत्यधिक मतका साथ विजयी भएका छन् ।

४६ वर्षीय महामन्त्री थापाले २१ हजार ३०१ मत प्राप्त गरेकाे जानकारी निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिए ।

उनले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले) डा. राजन भट्टराईलाई ७ हजार ४४६ मत अन्तरले पराजित गरेका छन् ।

डा. भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । थापा २०७४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि यही क्षेत्रबाट डाक्टर भट्टराईलाई नै हराएर विजयी भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.