प्रदेश सभातर्फ कांग्रेसका नाम्डु गुरुङ मुस्ताङ (१) मा विजयी

| 2022 Nov 21 | 04:28 pm 1813

मुस्ताङ, मंसिर ५ः नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् ।

नाम्डुले १ हजार ४८ मत पाउँदा एमालेका विष्टले ७ सय ४३ मत पाए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका युवा उम्मेदवार गुरुङ एमालेका विष्टभन्दा २५५ मतान्तरले विजयी भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.