निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु

रिपोर्ट नेपाल | 2022 Nov 20 | 07:29 am 1173

काठमाडौं, मंसिर ४ः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिएका दुई कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका बिल्टु राय र धनकुटाको साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी पवित्रा लिम्बूको मृत्यु भएको हो ।

सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको शनिबार बिहान सुतिरहेको अवस्था र धनकुटा साँघुरीगढी–४ की मङ्सिर २ गते बिरामी परी उपचारका क्रममा निधन भएको भएको आयोगले जानकारी दिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.