काठमाडाैं, कात्तिक २९ः सरकारले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे लागि मतदानस्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मतदानस्थल रहेका विद्यालयहरूमा चार दिन बिदा दिने र सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
