राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण

रिपोर्ट नेपाल | 2022 Nov 13 | 06:03 pm 1249

चितवन, कात्तिक २७ः राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियान टोलीको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार प्रहरी अहिले घटनास्थलमा छ । रविको अवस्थामा सकुशल रहेको प्रहरीले जनाएको छ । सवारी चालक र एक जना सहयोगी सामान्य घाइते भएका छन् । ढुंगामुढा प्रहारले गाडीमा क्षति पुगेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताहरूले गठबन्धनका कार्यकर्ताहरूले आक्रमण गरेको आरोप लगाएका छन् । उनीहरूले आफूहरूसँग भिडियो पनि रहेको बताएका छन् । अहिले भिडियो प्रहरीलाई उपलब्ध गराइएको र पछि सार्वजनिक गरिने उनीहरूको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.