राप्रपाको चुनावी सभामा मनिषा कोइराला

| 2022 Nov 11 | 06:44 pm 1225

काठमाडौं, कात्तिक २५ः बलिउड अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी भएकी छन् । शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी भएकी हुन् ।

बलिउडमा ख्याती कमाएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी भएकी हुन् । नेपाली काँग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।

उनले केहीबेरमा सभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ । यसअघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै विपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.