काठमाडौं, साउन २३ : ललितपुर महानगरपालिका–१४ टौदह थसिखेलमा मंगलबार नम्बर नखुलेको टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
सिन्धुली कुशेश्वर दुम्जा घर भई हाल ललितपुर कुसुन्ती बस्ने ३६ वर्षीया लेखराज रम्तेल र नुवाकोट मुलाबारी–३ घर भई हाल थसिखेल बस्ने ३६ वर्षीया शलिनाकुमारी विश्वकर्मालाई ठक्कर दिएकोमा विश्वकर्माको मृत्यु भएको हो ।
दुर्घटना गराउन संलग्न रहेको आशंकामा ४ वटा टिपर र चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।