वीरेन्द्रनगरमा १० अपाङ्गमैत्री मतदान केन्द्र

| 2022 Nov 11 | 08:35 am 1533

सुर्खेत, कात्तिक २५ः प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुर्खेतमा १० वटा मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका १० वटा निर्वाचन केन्द्रलाई अपाङ्ग महासंघको समन्वयमा अपांगमैत्री बनाइने भएको हो । दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका मतदाताले मात्र मतदान गर्न पाउने व्यवस्था हुने कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

जननमुना माध्यमिक विद्यालय, श्रीकृष्ण संस्कृत मावि, अमरज्योति मावि, भैरव मावि, सिद्ध बहिरा स्कुललगायतका केन्द्रलाई अपाङ्गतामैत्री बनाइने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.