आगोमा जलेर एक बालकको मृत्यु

| 2022 Nov 10 | 03:21 pm 1797

तनहुँ, कात्तिक २४ः आगो ताप्ने क्रममा आगोमा जलेर एक बालकको मृत्यु भएकाे छ । मृत्यु हुनेमा तनहुँ भिमाद नगरपालिका वडा नं. ७ अर्चले स्थित बस्ने बर्ष ९ का सुभाष थापा रहेका छन् ।

मिति २०७९।०७।२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा अचानक सोही आगोले निजको शरिरको बिभिन्न भागमा पोली घाइते अवस्थामा निजकै घरपरिवारले उद्वार गरी पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएकोमा निजको उपचारको क्रममा मिति २०७९।०७।२३ गते राती मृत्यु भएको बताइएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.