खुकुरी प्रहार गरी आमाको हत्या आरोपमा छोरा पक्राउ

| 2022 Nov 04 | 03:14 pm 1341

सिन्धुपाल्चोक, कात्तिक १८ः आफ्नै ७० वर्षीया आमा फूलमाया तामाङको हत्या गरेको आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३५ वर्षीय जयबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै डेरा कोठामा जयबहादुरले खुकुरी प्रहार गरी आमाको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.