शान्ति अहिंसाको कामना गर्दै मौन व्रत

रिपोर्ट नेपाल | 2022 Nov 04 | 08:21 am 1405

पाँचथर, कात्तिक १८ः शान्ति हिंसा विरुद्ध सन्देश दिने उद्देश्यले पाँचथर स्थित आगेजुङ साङ्छ्यो गुम्बाका बौद्ध गुरुहरूले मौन व्रत बसेका छन् ।

भारतका सिक्किम र दार्जिलिङ लगायत पूर्वका १५० भन्दा धेरै बौद्ध गुरुहरुले तीन दिने मौन व्रत बसेर शान्ति र अहिंसाका पक्षमा प्रार्थना गरेका हुन । यसरी निराहार व्रत बस्दा मानव जातीले दैनिक कार्य गर्दा जान अनजान हत्या भएका जीवात्मासँग क्षमा माग्नका साथै उनीहरूको आत्मा मोक्षका लागि प्रार्थना पनि गरिने प्रमुख लामा गुरु भिक्षु तेन्जिङले बताए ।

यस गुम्बामा प्रत्येक वर्षको कात्तिक शुक्ल पुर्णिमको छेक पारेर मौन व्रत बस्दै बौद्ध धर्म संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । विगतका तीन वर्ष भने कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यो कार्यक्रम स्थगित गरिएको थियो । देशमा स्थायी शान्तिको कामना गर्न विभिन्न स्थानबाट ६० भन्दा धेरै लामा गुरुहरू आगेजुङ गुम्बामा भेला भएका थिए ।

जिल्लाको फालेलुङ गाउँ पालिकामा पर्ने यो गुम्बामा २०५८ सालसम्म बौद्ध धर्म दर्शन र त्रिपिटक पढाइ हुन्थ्यो । द्वन्दकाल पछि भने पठन पाठन प्रभावित भएको गुम्बाका अध्यक्ष लामा तेन्जिङ शेर्पाले बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.