काठमाडौं, कात्तिक १६ः क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले क्रिकेटर सन्दीपविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो ।
यसअघि मङ्गलबार सन्दीपको बयान लिइएको थियो । बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत र कसैको उक्साहटमा अभियोग लगाएको बयान दिएका थिए । साथै सन्दीपले आफूमाथि लागेको अभियोग झुटो रहेको प्रमाणसमेत पेस गरेका थिए । आज सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर थुनछेक बहस भएको हो ।