सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

| 2022 Nov 01 | 03:13 pm 1669

काठमाडाैं, कात्तिक १५ः संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

सोही क्रममा, मिति २०७९ कार्तिक १४ गते UNITED NATIONS MISSION IN SOUTH SUDAN (UNMISS), दक्षिण सुडानमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फालाई बदली गर्नको लागि श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) छैठौं डफ्फाको १५० जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी नवराज थापा मगरको नेतृत्वमा UN Chartered Flight (Ethiopian Airlines) मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

साथै, उक्त मिशनमा तैनाथ श्री हाई रेडिनेश गुल्म (शान्ति सेना) पाचौं डफ्फाको १३२ जना नेपाली शान्ति सैनिकहरु सेनानी सुजित श्रेष्ठको नेतृत्वमा मिति २०७९ कार्तिक १४ गते नै स्वदेश आगमन भएको समेत जानकारी गराईएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.