नारायणीमा डुंगा पल्टियो : तीनको मृत्यु, २ जना घाइते

| 2022 Nov 01 | 08:24 am 1385

नवलपरासी, कात्तिक १५ः पश्चिम नवलपरासीमा डुंगा पल्टिदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भंगालोमा डुंगा दुर्घटनामा परेको हो । थप दुई जना घाइते भएका छन् ।

डुंगा पल्टिदा सुस्ता गाउँपालिका –४ गोकुलनगरका गुड्ड हरिजन, निरज हरिजन र रञ्जित गुप्ताको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएका किशोर हरिजन र सोहित सहानीको सहिद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुंगा दुर्घटनामा परेको हो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.